Breaking News

क्यान मकवानपुरद्वारा आईसीटी दिवस भव्य – अध्यक्ष इ. श्रीराज खतिवडाको सक्रिय नेतृत्व

कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ) मकवानपुरले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि (ICT) दिवस २०८३ को अवसरमा अध्यक्ष इ. श्रीराज खतिवडाको नेतृत्वमा विभिन्न कार्यक्रमहरू आयोजना गरी भव्य रूपमा सम्पन्न गरेको छ। “सूचना प्रविधिको विस्तार: दिगो विकासको आधार” भन्ने मूल नाराका साथ मनाइएको यस दिवसले प्रविधिमैत्री समाज निर्माणमा महत्वपूर्ण सन्देश दिएको छ।

यस अवसरमा “Career Counseling for Students in the Era of Artificial Intelligence and Emerging Technologies” शीर्षकमा विशेष करियर काउन्सेलिङ कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रमको मुख्य उद्देश्य SEE परीक्षा दिएका विद्यार्थीहरूलाई आर्टिफिसियल इन्टेलिजेन्स (AI) तथा उदीयमान प्रविधिहरूको सन्दर्भमा सही करियर मार्ग पहिचान गर्न प्रेरित गर्नुका साथै उनीहरूलाई प्रविधिमैत्री बन्न मार्गदर्शन प्रदान गर्नु रहेको थियो।

हेटौंडाका प्रख्यात कम्प्युटर तालिम केन्द्रहरू – Stad Computer, Pentagon Academy, Real Unique र CIT Computer Hetauda – मा उक्त कार्यक्रम सफलतापूर्वक सञ्चालन गरिएको थियो। कार्यक्रममा सहभागी विद्यार्थीहरूले नयाँ प्रविधि, करियर सम्भावना तथा सीप विकास सम्बन्धी उपयोगी जानकारी प्राप्त गरेका थिए।

त्यसैगरी, ICT दिवसको अवसरमा SEE विद्यार्थीहरू लक्षित English Typing Competition पनि सम्पन्न गरिएको थियो। प्रतियोगितामा आइटेक युनिभ प्लसका आशिष गुरुङले प्रथम स्थान हासिल गरे भने रियल युनिकका रोनिस तिमल्सिनाले द्वितीय स्थान र आइटेक युनिभ प्लसकै आर्या लोपचनले तृतीय स्थान हासिल गर्न सफल भएका छन्। विजेताहरूलाई क्यान महासंघ मकवानपुरले हार्दिक बधाई ज्ञापन गरेको छ।

कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सदस्य श्यामकल श्रेष्ठ, विशेष अतिथि प्रदेशका निवर्तमान अध्यक्ष पुष्पराज पुडासैनी, अतिथिहरूमा क्यान मकवानपुरका पूर्व अध्यक्ष शिव श्रेष्ठ तथा प्रोग्राम सुपरभाइजर इन्द्रप्रसाद सापकोटा लगायतको उपस्थिति रहेको थियो।

यसैबीच, क्यान मकवानपुरले प्रभातफेरी कार्यक्रम सहित विभिन्न सचेतनामूलक गतिविधिहरू सञ्चालन गरी ICT दिवसलाई थप उत्साहका साथ मनाएको जनाएको छ। कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहकार्यकारी हातहरू प्रति क्यान मकवानपुरले हार्दिक धन्यवाद व्यक्त गरेको छ। यी कार्यक्रमहरूले मकवानपुरमा सूचना प्रविधि क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको विश्वास व्यक्त गरिएको छ। साथै, क्यान महासंघ मकवानपुरका सम्पूर्ण सदस्यहरू तथा कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सबै सहकार्यकारी हातहरू प्रति हार्दिक धन्यवाद ज्ञापन गरिएको छ। #NationalICTDAY2026 #CANFederation