हर्क साम्पाङको पार्टीमा सुदन किराती ‘वरिष्ठ नेता’: यस्तो छ शक्ति बाँडफाँटको सहमति

पूर्वमाओवादी नेता तथा पूर्वमन्त्री सुदन किराती र धरानका मेयर हर्क साम्पाङको श्रम संस्कृति पार्टीबीच एकताको सहमति भएको छ। ललितपुरमा भएको सहमति अनुसार किरातीले पार्टीमा वरिष्ठ नेताको जिम्मेवारी पाउनेछन् भने उनको पक्षबाट एक उपाध्यक्ष, एक सचिव र १५ केन्द्रीय सदस्य थपिनेछन्। आज अपराह्न ३ बजे बागबजारमा एक कार्यक्रमका बीच एकताको औपचारिक घोषणा गरिँदैछ।