आपूर्तिमा भारतको ग्रिन सिग्नल: मागेजति मल र इन्धन दिने प्रतिबद्धता
भारतीय विदेश मन्त्रालयले नेपालमा रासायनिक मल र पेट्रोलियम पदार्थको निरन्तर आपूर्तिको प्रतिबद्धता जनाएको छ। ‘जीटुजी’ सम्झौता र दशकौँ पुरानो व्यावसायिक सम्बन्धमार्फत नेपालका अत्यावश्यक मागहरू पूरा गर्न भारत तयार रहेको नयाँ दिल्लीले स्पष्ट पारेको हो।
